मंगलबार १६ आश्विन २०८०

जलेश्वर/ गत बुधबार कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको म’लामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्र’मण देखिएपछि गाउँभरि त्रा’स फैलि’एको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकै’साथ ३१ जनामा कोरोनाको सङ्क्र’मण देखिएपछि गाउँभरि नै त्रा’स फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरो’नाबाट मृ’त्यु भएकामा उनको मला’मीमा सहभागी ३१ जनामा कोरो’नाको सङ्क्र’मण देखिएको छ । मला’मीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजे’टिभ देखिएको हो ।

कोरोना सङ्क्र’मणबाट दुई’को मृ’त्यु

जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्र’मणबाट दुईको मृ’त्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्र’ममा मृ’त्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्र’मणबाट पाँच जनाको मृ’त्यु भइसकेको छ ।

निषे’धाज्ञा जारी

जिल्लामा कोरोना सङ्क्र’मणको दर अत्य’धिक वृद्धि’सँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषे’धाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्क’ट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषे’धाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषे’धाज्ञा जारी गरी कोरोनाको ‘चेन ब्रे’क’ गरी सङ्क्र’मण न्यूनीकरण तथा रोकथामको प्रयास थालनी गरिएकोे छ ।

बैठकले जिल्लाको १५ वटै पालिकालाई अक्सिज’नसहितको आइसो’लेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, सङ्क’टको बेला उपभोक्तालाई ठ’गी नगर्न जस्ता निर्देश’नहरुसमेत जारी गरेको छ

७८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया