बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ ‘फुलबुट्टे सारी’ गीतको सफलतापछि संगीतकार/गीतकार राजनराज शिवकोटी नयाँ गीतका साथ प्रस्तुत भएका छन् ।

धेरै वर्षअघि आएको गीतको गत वर्ष सार्वजनिक भएका मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन र युगान्डाकी गायिकाले गाएको कभर भर्सनले निकै चर्चा बटुलेको थियो ।

फुलबुट्टे सारीको कभर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अहिले निकै नै लोकप्रीय छिन् । फुलबुट्टे सारीले उनलाई अपार सफलता दिएको थियो । उक्त गीत सामाजिक संजालभरी निकै नै भाइरल नै बनेको थियो ।

तिनै युगान्डाकी गायिका द क्याप्टेन बियोन्से फाम्सेसँग मिलेर शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका हुन् । ‘ल्यासे पाउँ’ बोलको रमाइलो गीतमा बियोन्से र राजनराज आफैँले आवाज दिएका छन् । गीतको भिडियोमा पनि उनीहरु दुवै फिचर्ड छन् । संगीत पनि शिवाकोटीकै छ ।

मन्दिरा ढुंगेलको शब्द रहेको यस गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । गीतको टाइटल नेवारी शब्द हो । नेवारीमा ल्यासेको अर्थ युवती र पाउँको अर्थ तितौरा भन्ने हुन्छ । युवतीहरुले धेरै रुचाउने भएकाले तितौरालाई ल्यासे पाउँ भनिएको हो ।

आफ्नो दोस्रो नेपाली गीत सुनेर माया गरिदिन अफ्रिकी गायिका बियोन्सेले अनुरोध गरेकी छन् । हेर्नु’होस् भिडियो:-

७५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया