
काठमाडौंँ/ पछिल्लो समयका चर्चित हाँस्य कलाकार मनका धनी केदार प्रसाद घिमिरे (माग्ने बुढा) कलाकार सहित एक समुहले अक्सिजन सहितको निःशुल्क एम्बुले’न्स सेवा सुरु गरेका हुन् ।
कोरोना संक्र’मितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुले’न्स समेत पाउन मुस्किल पर्न थालेका छन् । यस्तोमा सर्वसाधारणको सेवाका लागि भन्दै यो सेवा सुरु गरेका हुन् ।
अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायतले मिलेर सो एम्बुले’न्स सेवा सुरु गरेका हुन् ।
निःशुल्क एम्बुले’न्स सेवाले आर्थिक अवस्था कम’जोर भएकोलाई रा’हत मिल्ने उनीहरुले बिश्वास लिएका छन् । ‘हामीले सुरु गरेको एम्बुले’न्स सेवा सबैका लागि हो’ केदार घिमिरेले भने, ‘हामीले तीनवटा फोन नम्बर सार्वजनिक गरेका छौ ।
त्यसमा फोन गर्नेले जो कोहीले पनि हाम्रो सेवा पाउनेछन् ।’ सो सेवा अहिले उपत्यकामा मात्र रहेको छ । एम्बुले’न्समा नर्स, अक्सि’जनलगायत सेवा समेत उपलब्ध हुने बताएका घिमिरेले थपे ‘पीडि’तले जुन अस्पताल भन्यो त्यो अस्पतालमा पुर्याउने सम्मको काम हामी गर्दछौ ।’
साथीहरुसँग १५/१५ हजार उठाएर कोरोना संक्र’मितका लागि एम्बुले’न्स सेवा सुरु गरेको घिमिरेको भनाई रहेको छ ।