आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ सरकारले कोभिड-१९ संक्र’मण भया’वह रुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

यस्तै, सरकारले आन्तरिक हवाइ उडान र केही अन्तर्राष्ट्यि उडान रोक्ने निर्णय गरेको छ । हिँजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ

नाकाअनुसार बढ्दो कोरोना संक्रम’णलाई ध्यानमा राखेर आन्तरिक उडानसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे पनि जानकारी गराएका थिए । ती मन्त्रीका अनुसार बजेट अधिवेशन भने बोलाईएको होईन ।

उनले भनेका छन्–‘बजेट अधिवेशन भनेर बोलाईएको होईन, प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने भन्नुभएको छ ।’

मुलुकभर ७ हजार २११ जना नयाँ कोरोना संक्र’मित थपिए, २७ को मृ’त्यु…

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्र’मितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७७० जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।

१६ हजार १ सय ४७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जना र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार २११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्र’मितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६१२ संक्र’मित निको भए, २७ को मृ’त्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रम’णबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६१२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७७० जनाको पीसीआररएन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ४ हजार ४७६ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ

यो पनि …

लुम्बिनी प्रदेशमा मात्रै ११ सय ५६ जना संक्र’मित थपिए भने २४ संक्रमितको मृ’त्यु भएको पुष्टि भयो । देशभरको तुलनामा लुम्बिनीमा मात्रै १६ प्रतिशतभन्दा बढी संक्र’मित थपिएका छन् र झन्डै ८९ प्रतिशतको मृ’त्यु भएको छ । यही प्रदेश अन्तर्गत पर्ने बाँके जिल्लामा संक्र’मण वि’स्फोट भएको छ । अस्पतालबाट बिरा’मीको ची’त्कार सार्वजनिक भइरहेको छ ।

तर, यो प्रदेशको अभिभावक बन्नुपर्ने प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुले आइतबार पूरापूर राजनीतिक दा’उपेच, चतु’र्‍याइँ र जीत–हारको हिसाबकिताबमा बिताए । हुन त त्यहाँ यस्तो हुन थालेको धेरै दिन भइसकेको थियो । आइतबार भने समाचारकै केन्द्रमा रहने गरी राजनीतिक रमिता भए। त्यसको शुरुवात सो प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ह’ठात् पदबाट राजीनामा दिएर भयो ।

आइतबार दिउँसो १ बजेका लागि लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । कांग्रेस, माओवादी तथा जसपाले मुख्यमन्त्री पोखरेल वि’रुद्ध वैशाख ६ अविश्वास प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको लागि समावेदन गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते (आज)का लागि अधिवेशन बोलाएका थिए ।

तर, बिहानै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । प्रदेश प्रमुख यादवसमक्ष दिएको राजीनामा तत्कालै स्वीकृत पनि भइहाल्यो । ‘माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यू समक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ’, प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै लुम्बिनी प्रदेश दिनभर राजनीतिक रमितामा व्यस्त रह्यो । नतिजाको प्रक्षेपण नै गर्न मुस्कि’ल हुनेगरी घट’नाक्रम तीव्र भए ।

ह’ठात् आएको राजीनामा जति अ’नौठो थियो, त्यसका सम्भावित कारणहरु उति नै रोचक । अन्य पदासीनहरुले आफ्नो पदबाट अलग हुन राजीनामा दिने गरेका भए पनि मुख्यमन्त्री पोखरेलको राजीनामा भने फरक उद्देश्यबाट प्रेरित थियो । पहिलो, अविश्वासको प्रस्तावमाथि मतदान भएको स्थितिमा उनले आफू बहुमतमा रहेको देखाउन अस’फल हुने थिए ।

किनकि, मन्त्री बन्न गएका जसपाका सांसद् पद’मुक्त भएको र आफ्नै पार्टीको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्र’स’ गर्न सक्ने सम्भावना थियो । दोस्रो, राजीनामा दिएको अवस्थामा अविश्वास प्रस्ताव फे’स गर्न त पर्दैन्थ्यो नै, निर्वाचनसम्मकै लागि मुख्यमन्त्री पद सुनिश्चित हुनसक्थ्यो । किनकि, ८७ मध्ये अहिले ८१ जना मात्रै प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा एमालेको ४१ सिट रहेको थियो ।

‘आजै अविश्वास प्रस्ताव अघि बढाउन उहाँहरु (कांग्रेस-माओवादी केन्द्र) लाग्नुभो । त्यसको अर्थ अरु चाँजोपाँजो पनि भएको छ भन्ने हो । त्यो कर्णालीको जस्तो होला । माधवजीले नयाँ पार्टी बनाउने भन्नुभएको छ, त्यसका लागि पनि केही भएको थियो होला,’ एमालेका एक जना स्थायी कमिटी सदस्यले भने, ‘त्यसकारण अविश्वास प्रस्तावलाई उडाउने उपयुक्त उपाय भनेको राजीनामा थियो । त्यही गर्नुभो शंकरजीले ।’

पोखरेललाई नै दोहोर्‍याउनका लागि बिहानै लुम्बिनी प्रदेश सभाको एमालेको संसदीय दलको बैठक बस्यो । बैठकले मुख्यमन्त्रीका लागि दा’बी गर्ने निर्णय गर्‍यो।

४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया