
काठमाडौँ/ कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनु’चित मूल्य लिएपछि सरकारले कार’बाही थालेको छ ।
अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
‘सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो,’ विभागका प्रवक्ता शिवराज सेढाईँले भने, ‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कार’बाही गरिरहेका छौं ।’
अबको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरि’वाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।
खरिद र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कार’बाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपार’दर्शिता हो । यसले मूल्यमा धेरै असर पार्छ,’ उनले भने ।
ती स्टोरलाई उपभोक्ता संरक्षण ऐ’न, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐ’नको दफा ३८ (घ) अनुसारको कसु’र गरेको हुनाले ऐ’न दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरि’वाना गरिएको छ । यो खबर आ’जको कान्तिपुर दैनि’कमा छापि’एको छ ।