मंगलबार १६ आश्विन २०८०

काठमाडौं/ कोराना संक्र’मित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालो’बजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्र’मितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्र’मितका एक आफन्तले भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कही“ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जी’वन रक्षा’का लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बा’ध्य भएको छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउ“छन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने । यो खबर आ’जको राजधानी दैनि’कमा छापि’एको छ ।

२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया