आइतबार १२ चैत्र २०७९

काठमाडौ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ । आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकललाई कोभिड पोजेटिभ देखिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।

मन्त्री ढकालसँगै उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ । हाल उहाँहरू दुबै निवासमै आइसोले’शनमा हुनुहुन्छ । स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । मन्त्री ढकालकी धर्मपत्नी फूयाँलमा भने सामान्य लक्ष्यण रहेको छ ।

त्यस्तै देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च ७ हजारभन्दा बढि कोभिड–१९ सङ्क्र’मित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्र’मण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्र’मण देखिएको हो । यससँगै नेपालमा ३ लाख ३६ हजार ३० जना सङ्क्र’मित भएका छन् ।

आज देखिएका सङ्क्र’मितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७ सय६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।

८७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया