
एजेन्सी/ अमेरिकाले अफगा’निस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रुपमा प्रक्रिया अघि बढाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो यु’द्ध ‘सदाका लागि अ’न्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगा’निस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरिसक्नुभएको छ । यद्यपि यसका लागि अफगा’निस्तानको वि’द्रोही र सत्ताधारी नेताहरूसँग छलफलहरू जारी रहेको बताउँदै आइएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौता अनुसार अमेरिकी सैनिक फिर्ता लाने मिति मे १ लाई तोकिएको भएपनि बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयनका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो ।
सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्या’न जा’ने गरी अमेरिकी ट्वीन टावरमा भएको आतंक’वादी आक्र’मणपछि अमेरिकी सेना अफगानि’स्तानमा गएको थियो । उक्त आक्र’मणको २० औँ वर्ष पूरा हुँदा आफ्नो सेनालाई पूर्णतया फर्काउने अमेरिकी निर्णयलाई संयोगका रूपमा हेरिएको छ ।
सेप्टेम्बर ११ को सो आक्र’मणपछि अमेरिकी सैनिकले अफगानि’स्तानमा तालिबान विरु’द्ध आक्र’मण सुरु गरेको थियो । आतंक’वादी आक्र’मणका लागि जिम्मेवार अल काय’दाका नेता ओसा’मा वि’न लादेन’लाई संरक्षण दिएको तालिबा’नविरुद्ध अमेरिकाले थालेको सो यु’द्ध हालसम्म जारी रहेको छ ।