शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ पछिल्लो समय दिनानुदिन ३० भन्दा बढीको मृ’त्यु र पाँच हजारको हाराहारीमा नयाँ संक्र’मित थपिएका छन् । यहि अनुपातमा संक्र’मित थपिदै गए यहाँका स्वस्थ्य संस्थाले विरामीको चा’पलाई थेग्न नसक्ने अवस्था सिर्जना हुनसक्ने देखिन्छ ।

महा’मारी फैलिदै गर्दा जनस्वास्थ्यविद्हरुले कोरोना भाइरसका विषयमा दिएको सुझावलाई पालना गर्न जरुरी छ । छरछिमेक घर परिवारको चासो राख्ने धेरै भएपनि संक्र’मणको जो’खिम लिएर काम गर्न निषे’धाज्ञा र अन्य सीमितताका कारण कसैलाई पनि सहज छैन ।

यस परिस्थितिमा कतिपय मानिसले होम आइसोलेसनमा बस्न रुचाएको पनि देखिन्छ । धेरैले यसरी आफूलाई ठीक भएको अनुभव समेत सार्वजनिक गरेका छन् । तर, सबैलाई त्यत्तिकै ठीक हुन्छ भन्न सकिदैन ।

होम आइसोलेसनमा बसेका संक्रमि’तहरुलाई एक रातमै अवस्था क्रिटि’कल हुनसक्ने भएकाले तत्कालै अस्पताल जानुपर्ने विज्ञहरुको सुझाव छ ।

होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?

१. थर्मोमिटरबाट शरीरको तापक्रम नापिरहने । ९८–९९ डिग्री फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो । १०० डिग्री पुग्यो भने चिकित्सकको सल्लाह लिएर पारासिटामोल खाने ।

२. पल्सअक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहने । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्ने । यसलाई प्रो’न पोजि’सन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलीगाँठो नजिक एउटा सिरानी राखेर पेटको बलमा सुत्ने । यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन ’सी’ २ पटक, जिंक २ पटक, भिटामिन ’डी’ हप्ताको १ पटक खाने । आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खाने ।

४. अहिलेको नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउने । छातीको एक्सरे वा सिटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि खाने ।

५. जाँच नगरी घरमा अक्सिजन लिएर नबस्ने । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठीक हुन्छ । तसर्थ अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्या’मेज भएको अवस्था पनि छ । त्यसैले जाँच गराउने ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्ने । अस्पताल प्याक भएपनि त्यहाँ तपाइँले कुनै न कुनै उपचार पाउन सक्नुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्र’मितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य न’ष्ट नगरौं । प्रतिरोध क्षमता राता’रात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार, अदुवा, ज्वानो, दालचीनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खाने ।

९. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खाने ।

१०. पानीको बाफ लिने ।

११. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ÷कोल्ड ड्रिं’क्स से’वन नगर्ने ।

१२. हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्ने । नआत्तिने ।

१५. दिनमा १÷२ पटक मात्र विश्वासिला समाचार हेर्ने । सामाजिक सञ्जाल नहेर्ने । अनधिकृत समाचारले त’नाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउने । अत्यन्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३, ९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिने ।

७२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया