
काठमाडौं/ कोरोना (कोभिड–१९) सङ्क्र’मणको दोस्रो लहरले आत’ङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ ।
शरीरको रो’ग प्रतिरोधात्मक क्ष’मता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्स’कहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि से’वन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा. प्रदीप केसी जोड दिन्छन् ।
तर हाल होम आइसो’लेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको से’वन गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । यो औषधि सेव’नले उनीहरूलाई गम्भी’र अवस्थामा पुग्नबाट रो’क्न मद्दत गर्छ ।
चिकि’त्सालयले कोरोना भाइरसको सङ्क्र’मण वा रोग’बाट स्व’स्थ राख्न रो’ग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको जानकारी दिए ।
उनका अनुसार विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ । मौसमी रुघाखोकीका बिरामीलाई ल’क्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको जानकारी दिए । “कोरोना सङ्क्र’मितमा देखिने लक्ष’ण र सम’स्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ ।
नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्यास्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने स’मस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।
यस मिश्रणमा असुरो, तालिसपत्र, पर्यटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटीहरू अधिक मात्रामा छन् । याे ख’बर गाेरखापत्र दैनि’कमा छ ।