आइतबार १७ मंसिर २०८०

बुटवल/ बुटवलको तिलोत्तमा ११ मा कलिला दुई नानी बाबुहरु एक्लो भएका छन् । उनीहरु आफ्नी आमाले अर्कै केटोको हात समातेर गएपछि घरमै भएरपनि अलपत्रै परेका छन् । उनीहरुका बाबु यतिबेला कतारमा छन् । बाबु अर्काको देशमा आमा अर्कैको काखमा । बिचल्ली त यी साना नानीबाबुहरु परेका छन् यतिबेला बुटवलमा ।

पछिल्लो समय एउटा भिडियो भाइरल भएको थियो जसमा कतारबाटै एक जना श्रीमानले आफ्नो श्रीमतीले घर र छोराछोरी छोडेर गएको कुरा सोशल मिडियामा बताएका थिए । आज तीनै परदेशीको श्रीमतीको वास्तविकतालाई गहिराईमा नै गएर बुझ्ने प्रयास गरिएको छ ।

२६ वर्षिया सिता भण्डारीले आफ्नो सात वर्षको छोरा र ४ वर्षकी छोरीलाई श्रीमान विदेशमै भएको बेला छाडेर अर्कै केटासंग भागेकी छन् । घरपरिवार र बालबच्चा सबै भएकी सिताले परपुरुषसंग अनैतिक सम्बन्ध राखेको उनकी भान्जीलाई थाहा रहेछ । तर भान्जीले डरले कसैलाई भन्न नसकेको बताएकी छन् ।

दिनभरी केटालाई भेटेर घरमा आउनी सिताले घरमा काम गर्दैनथिन् । यो कुरा उनैकी भान्जीले भनेकी हुन् । भान्जीको भनाई अुनसार अहिले भागेर गएको केटासंग दिनभरी डेट गरेर बेलुका मात्र घर अउनी सिताले घरमा आउनी बित्तिकै टाउको दुखेको बाहाना बनाएर आफ्नो बेडरुमा गएर फेरी केटासंग नै रातै भरी बोल्ने गरेको बताएकी छन् ।

आमा सिताको त्यस्तो हरकतले ती साना नानीबाबुहरुले कहिल्यै माया नपाएको बताएका छन् । नानीबाबुहरुको भनाई अनुसार आमा सिताले आफुलाई खाने कुराहरु पकाएर माया नदिएको बतएका छन् । आमा छाडेर गएपछि एक्लो भएका ती नानीबाबुहरुले घरमा हुँदा आमाको व्यवहार जस्ताको त्यस्तै बताएका छन् । जुन सुनेर सबै अचम्मित परेका छन् । उता परदेशिएका बाबु पनि छोराछोरीको बिजोग भएको खबरले अत्तालिएका छन् । हेर्नुहोस् भिडियो :-

१२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया