
काठमाडौं/ अमेरिकाले नेपाललाई रु १ अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले कोभिड–१९ विरु’द्धको नेपालको लडा’इँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताउनुभएको हो ।
आज अपराह्न ट्विट गर्दै उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारी विरु’द्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताउनुभएको छ ।
“कोभिड–१९ विरु’द्ध ठूलो सङ्घ’र्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, नि’र्दयी कोरोनालाई प’रास्त गर्न नेपाल सफल हुनेछ”, उहाँको ट्विटमा भनिएको छ ।