मंगलबार ०९ आश्विन २०८०

काठमाडौँ/ नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।

स्वकीय सचिव कृष्ण भट्टराईले पनि नेता खनाललाई कोरोना संक्र’मण भएको पुष्टि गरे ।

यसअघि उनी स्वास्थ्य उपचारको लागि दिल्ली गएका थिए। केहि समय अघि भिभिन्न अनलाइनमा नेता खनालको मिर्गौलामा समस्या देखिएको समाचार आएको थियो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएका थिए । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने समेत चिकित्सकहरुले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

१२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया