शुक्रबार १२ आश्विन २०८०

ताप्लेजुङ/ ताप्लेजुङमा कोभिड-१९ को सङ्क्र’मणबाट थप दुई जनाको मृ’त्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्र’मणका कारण मृ’त्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृ’त्यु भएको हो । कोरोना सङ्क्र’मण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टि’लेटरमा राखेर उहाँको उपचार गराइँदै आएको थियो ।

यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्र’मणका कारण मृ’त्यु भएको छ । लामो समयदेखि मुटु’रोगबाट ग्र’सित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो । घर फर्काएकै दिन राति वृद्धाको मृ’त्यु भएको परिवारका आफन्तले आफूलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

यता मृ’तक वृद्धाको दाहसं’स्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाह’संस्कार गरेका र दाहसं’स्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो । जन’स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर श’वको अन्त्ये’ष्टि गर्न मृत’कका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताउनुभयो ।

यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणकै कारण मृ’त्यु भएको थियो । ती पुरुषको भने नेपाली सेनाले अन्त्ये’ष्टि गरेका थिए । हाल ताप्लेजुङमा २१ जना सक्रिय सङ्क्र’मित रहेका जिल्ला अस्प’तालका डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो ।

४५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया