
एजेन्सी/ भारत उत्तर प्रदेशस्थित बिजनौरमा कोरोनाले नवविवाहित पुरुषको मृ’त्यु भएको छ । बिहेको रात दुला’हालाई ज्वरो आएको थियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उप’चारका क्रममा ७२ घण्टापछि उनको मृ’त्यु भयो ।
बिजनौरको मोहल्ला जा’टानमा बस्ने अर्जुनले अप्रिल २५ मा चाँदपुरकी बब’लीसँग विवाह गरेका थिए । तर बिहेकै दिन उन’लाई ज्वरो आयो । स्वास्थ्य परीक्षण गराउँदा उनलाई कोरोना पोजि’टिभ देखियो ।
अस्पतालमा अक्सि’जनको कमिका कारण अर्जुनको मृ’त्यु भएको उनका छिमेकीहरू बताउँछन् । भारतमा कोरोना संक्र’मणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्या’ण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्र’मण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्र’मण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई सं’क्रमण देखिएको यो पहिलो पटक हो । त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्र’मणका कारण मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा संक्रम’णका कारण मृ’त्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई सं’क्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रम’णमुक्त भएका छन् ।
भारतमा स’क्रिय संक्र’मितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परी’क्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी सं’क्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरो’नाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्ना’टकलगायत राज्यमा उच्च संक्रम’ण देखिएको छ । (इताजा खबर’बाट)