शुक्रबार ०५ कार्तिक २०७८

नयाँ दिल्ली/ भारतमा कोरोना भाइरसबाट सङ्क्र’मित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोना भाइरसको महा’मारी सुरु भएदेखि दैनिक सङ्क्र’मितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोना भाइरसबाट सङ्क्र’मित भएका छन् । योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्र’मितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वा’स्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जना’को मृ’त्यु भए’को तथ्याङ्क सार्वजनिक गरेकोे छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृ’त्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोना भाइरसबाट सङ्क्र’मित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोना भाइरसबाट सङ्क्रम’णमुक्त भएका छन् ।

भारतीय चि’कित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया