शनिबार ३० आश्विन २०७८

विर्तामोड/ कोभिड–१९ को सङ्क्रम’णविरुद्ध सचेतना फैलाउन जिल्लाका ५ स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।

गत वर्षसमेत कोभिड–१९ को महा’मारी तीव्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

नेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमा’ण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम शुरु गरेको हो । पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ । यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।

सीमामा सश’स्त्रका ४४ पोस्ट

यसैबीच झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सश’स्त्र प्रह’रीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ । सश’स्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अप’राध निय’न्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए ।

यसपालि ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन् । कोभिड–१९ सङ्क्र’मणको दोस्रो लहर तीव्ररूपमा फैलिन थालेपछि सीमाबाट अवा’ञ्छित आवागमन हुन नदिन सश’स्त्र प्रह’रीले फरवार्ड पोस्ट स्थापना गरेको उहाँले बताउनुभयो । झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन् । सश’स्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।

३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया