मंगलबार ०९ आश्विन २०८०

एजेन्सी/ अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गैर’कानुनी बनाएको छ । अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्षसम्म जेल’सजाय गर्न सक्ने बताएको हो ।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । भारतमा रहेका र कोारेना सङ्क्र’मित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली नागरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त क’डा निर्णय लिएको हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रेलियामा हुने सबै खालका उडानहरूमाथि प्रति’बन्ध लगाइसकिएको छ । अब भारतबाट यसबेला अस्ट्रेलिया फर्कनेहरुले जे’ल बस्नुपर्ने हुन सक्छ ।

हाल भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई कोरोनाको जो’खिम समूहमा राखिएको जनाइएको छ ।

तर अस्ट्रेलियाली चिकित्सकहरुले सरकारको उक्त निर्णयको आलो’चना गरेका छन् । भारतबाट फर्किरहेका अस्ट्रेलियाली नागरिकको सङ्ख्यासँग सरकारको कदम असु’हाउँदो भएको एक चिकित्सकले त्यहाँको टेलिभिजनमार्फत बताएको बिबिसीले जनाएको छ ।

६७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया