
एजेन्सी/ भारतमा ती’ब्र रुपमा दोस्रो लहरको कोरोना भाइरस फैलिरहेको अवस्थामा अमेरिकाले भारतीय हवाई यात्रुलाई रोक लगाउने निर्णय गरेको छ । जो बाइडेन प्रशासनले अर्को सातादेखि भारतबाट अमेरिका आउने हवाई यात्रुलाई रोक लगाउने निर्णय गरेको हो ।
मे ४ बाट भारतबाट अमेरिका आउने सम्पूर्ण यात्रुलाई रोक लगाउने व्हाइट हाउसले जनाएको छ । त्यस्तै, पछिल्लो १४ दिनसम्म भारतको यात्रा गर्ने विदेशीहरुलाई पनि रोक लगाइएको छ ।
व्हाइट हाउसको प्रेस सेक्रेटरी जेन साकीका अनुसार रो’ग निय’न्त्रक तथा रोक’थाम केन्द्रको सुझाव अनुसार अमेरिकाले यस्तो निर्णय गरेको हो । प्रेस सेक्रेटरी जेन साकीले भनेका छन्, ‘भारतमा कोरोना संक्र’मितहरुको संख्या असाध’रण रुपमा बढिरहेको छ । त्यसैले ४ मे बाट भारतबाट अमेरिका आउने यात्रुमाथि रोक लगाउनु प्रभावकारी हुनेछ ।’
यस अगाडि अमेरिकाले आफ्नो नागरिकहरुलाई भारतको यात्रा नगर्न र भारतमा रहेकालाई चाँडो भन्दा चाँडो फर्किन आग्रहसमेत गरेको थियो ।
त्यस्तै, अय अघि ब्रिटेन, इटाली, जर्मन, फ्रान्स, यूएई, पाकिस्तान, सिंगापुर लगायतले पनि यसरी नै प्रति’बन्ध लगाएका थिए । त्यसपछि क्यानडा, हङकङ, न्यूजील्याण्डले पनि भारतमा तीब्र रुपमा फैलिरहेको कोरोना संक्र’मणलाई मध्यनजर गर्दै भारतसँगको सबै वाणिज्यिक यात्रामा रोक लगाएका छन् ।
भारतमा दिन प्रतिदिन संक्र’मित बढ्दै
छिमेकी राष्ट्र भारतमा शुक्रबार मात्रै पनि ३ लाख ८६ हजार ४२५ जना नयाँ कोरोना संक्र’मित थपिएका छन् । योसँगै भारतमा कुल कोरोना संक्र’मितको संख्या १ करोड, ८७ लाख, ६२ हजार ९७६ पुगे’को छ ।
हाल भारतमा ३१ लाख बढी कोरोना संक्र’मितहरु उपचा’ररत छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्र ३ हजार ४ सय ९८ संक्र’मितको मृ’त्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्र’मणकै कारण २ लाख ८ हजार ३३० को मृ’त्यु भइस’केको छ ।