
वैतडी/ सत्र वर्षीया भागरथी भट्टको बला’त्कारपछि ह’त्या घटनामा ५ दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको श’व बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बी’भत्स अवस्थामा भेटिएको थियो। घट’नास्थलमा भेटिएका प्रमाण, भागरथीको श’वनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन।
बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घट’नास्थलमा खटिएको थियो। उक्त टोलीले घट’नास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घट’नाका दो’षीको कुनै प्रमाण पाइएको थिएन। घट’नास्थलमा किशोरीको श’वबाहेक केही फेला परेको थिएन। टाउकामा चो’ट लागेको, भित्री व’स्त्र चुँ’डिएको, शरीरमा टो’केका घा’उ भएको, यौ’नांगबाट रगत बगेको, टाउको र हातमा घा’उसमेत रहेको अवस्थामा श’व फेला परेको थियो।
त्यसको दोस्रो दिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल र जिल्ला अस्पतालका चिकित्सक वसन्त जोशीसहितको टोली पनि घट’नास्थल पुगेको थियो। उक्त दिन पनि लबलेक वनमा पूरै सर्च गर्दा खासै प्र’माण भेटिएन।
सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घट’नास्थलमा खटाएको छ। धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सीआईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुराक पत्ता लगाउन सकेका छैनन्।
सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी आइतबार घट’नास्थल पुगेका छन्। ‘डीआईजी साप, मेरो टोली, प्रमुख जिल्ला अधिकारीसहितको टोली इलाका प्रहरी कार्यालय खोचलेक (घट’नास्थलनजिकको प्रहरी) मुकाम बनाएर बसेका छौं’, एसएसपी पाण्डेले भने, ‘अनुसन्धानमा सबै उपकरण, जनशक्ति परि’चालन गरिएको छ। तर, खासै उपलब्धि पाउन सकिएको छैन।’ (स्रोत अन्नपूर्ण पोस्ट)