
काठमाडौ/ पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमा आफुहरुको जित हुने दावी गरेका छन् ।
उनले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले आफुहरुले देखेको समृद्ध नेपाल सुखी नेपाली बनाउने सपना पुरा हुने पनि दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ जानादेशमा जाने निर्णय सहि भएको बताए ।
बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।
उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । “विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने ।
उनले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप समेत लगाए ।