बुधबार ०३ कार्तिक २०७८

काठमाडौं/ गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनी’यताको शपथ लिएका छन् । मनाङेलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए ।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए । तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए । मनाङको प्रदेश (ख) बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् । उनका प्रति’स्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले शपथ लिन पाएका थिएनन् । बरु प्रह’रीले उनलाई ज्या न मा र्ने उ’द्योग सम्बन्धी मु’द्दामा २०७५ वैशाख ६ गते पक्रे’को थियो । १० वर्षभन्दा कम सजा’य हुने मु’द्दा बाहिर बसेरै ल’ड्न मिल्ने व्यवस्था अनुसार २०७५ पुस ६ गते उनी छु’टेका थिए ।

शपथका लागि सोही वर्षको पुस ११ गते निवे’दन दिए पनि लामो समयपछि अर्थात् निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको शपथ भएको हो । २०७५ माघ १४ गतेमात्रै प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई प्रदेश सभा सदस्यको शपथ दिलाएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङवि’रुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अवि’श्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेशको राजनीति फेरिएको छ । मनाङबाट स्वतन्त्र उम्मेदवार उठेर चुनाव जितेका उनलाई एमालेले आफ्नो उम्मेदवार फि’र्ता गराएर निर्वाचनमै साथ दिएको थियो ।

गण्डकी प्रदेशसभाको अंक गणितलाई हेर्दा मनाङ्गेलाई मन्त्री बनाए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ वि’रुद्ध परेको अवि’श्वासको प्रस्ताव अस’फल पार्नका लागि सत्तारुढ एमालेलाई आवश्यक संख्या पुग्दैन ।

किनभने, ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ । चारवटै दलले अवि’श्वासको प्रस्तावको प’क्षमा मतदान गर्ने बताइसकेका छन् । दीपक मनाङ्गेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । बराबरी भएको अवस्थामा निर्णा’यक मत दिन पाउने सभामुख पनि माओवादीकै छन् ।

सत्ता जोगा’उनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति ती’व्र व्यं’ग्य एवं आलो’चना शुरु भएको छ ।

२६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया