आइतबार १७ मंसिर २०८०

काठमाडौं/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनांगे) युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

केहीबेरमा सपथ खाने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार उनको आजै प्रदेश नीति तथा योजना आयोगको सभा हलमा शपथ हुने कार्यक्रम तय भइसकेको छ ।

मुख्यमन्त्री गुरुङवि’रुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वा’सको प्रस्ताव दर्ता गराएका छन् । आफूवि’रूद्ध अवि’श्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन् ।

मुख्यमन्त्री गुरूङवि’रूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसदले अवि’श्वास प्रस्ताव ल्याएका छन् । उक्त प्रस्तावमा जनमोर्चाले मतदान गर्ने बताएको थियो । तर जनमोर्चा सांसद खिमविक्रम शाही बुधबार प्रदेश सभा बैठकमै उपस्थित भएनन् ।

सभामुखले अनिश्चित’कालका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए। प्रस्तावमा राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेश सभामा अवि’श्वास प्रस्तावमाथि छलफल भइरहेका बेला जनमोर्चाका सांसद खिमविक्रम शाही बुधबार बिनाजानकारी सदनमा अनुप’स्थित भएपछि प्रदेश राजनीतिले नयाँ मोड लिएको छ ।

शाही प्रदेश सभा बैठकमा अनु’पस्थित भएपछि जनमोर्चाकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म सदनको कार’वाही रो’क्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवे’दन दर्ता गरेकी थिइन् ।

९०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया