
कैलाली/ को’रोना भाइ’रसको दो’स्रो ल’हर फैलिएपछि सङ्क्र’मणको ‘चेन ब्रे’क’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषे’धाज्ञा लागू भएको छ । आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषे’धाज्ञा जारी गरिएको हो ।
कैलाली र कञ्चनपुरमा फैलि’रहेको सङ्क्र’मण दर र मृत्यु’दरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषे’धाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।
निषे’धाज्ञाको समयमा अत्याव’श्यकबाहेक सबै सवारी साधन ब’न्द रहनेछन् । “अत्या’वश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वा’स्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसो’लेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भन्नुभयो, “खाद्य सामग्री, औ’षधि तथा स्वा’स्थ्य सामग्रीका पसल खुला रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था गरेका छौँ ।”
सबै प्रकारका सभा सम्मेलन, गो’ष्ठी तथा भिड’भाड हुने स्थान ब’न्द गर्न आग्रह गरिएको छ । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वा’स्थ्य माप’दण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ ।