शनिबार २३ मंसिर २०८०

रोल्पा । रोल्पामा आग’लागी हुँदा एउटा गाउँ नै ध्व’स्त भएको छ । मंगलबार साँझ सामुदायिक वनमा अचा’नक लागेको आ’गोले त्रिवेणी गाउँपालिका वडा २ को पिराले ध्व’स्त भएकाे हाे ।

आगला’गीबाट ५० भन्दा बढी घर र गोठ ज’लेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले जानकारी दिनुभयाे । उहाँका अनुसार सोमबारबाट सामुदायिक वनमा आ’गो लागेकाे थियाे । उक्त आ’गो निभा’उन नसक्दा मंगलबार दिउसो बस्तीमा पसेकाे हाे ।

आगला’गीबाट १२ गाइवस्तुसहित २० भन्दा बढी चौपाया, अन्न, लता-कपडा सबै जले’को प्रशासकीय अधिकृत केसीले बताउनुभयो । जंगलमा चराउन लगिएका कतिपय गाई-गोरु भने जले’का छन् । यद्यपि मानवीय क्ष’ति भने नभ’एको उहाँको भनाइ छ । क्ष’तिको एकिन विवरण आउन अझै बाँकी रहेको छ ।

सामुदायिक वनमा फैलि’एको आ’गो अझै निय’न्त्रणमा आउन नस’केकाे र अझै २५ घर आग’लागीबाट जोगाउन नसकिने उहाँले बताउनुभयो । हामीसँग कुरा गर्दै उहाँले भन्नुभयाे, ‘अझै दुई तीन वटा गाउँ जोखि’ममै छन् । अहिले आ’गो नियन्त्र’णमा आउन नसके ती घरहरू जो’गिन्न, त्यहाँ झण्डै ३० जति घरहरू छन् ।’

मंगलबार राति आ’गो केही निय’न्त्रणमा आएपनि अहिले पुन: सो क्षेत्रमा ठूलो आग’लागी भइरहेको उहाँको भनाइ छ । अहिले टुनिखोला सामुदायिक वन, मुलाबारी सामुदायिक वन, रामपुर सामुादायिक वन, सल्लेरीडाँडा सामुदायिक वन र ठाडो लेख सामुदायिक वन क्षेत्रमा आ’गो फैलि’सकेको उहाँले जानकारी दिनुभयाे ।

अझै आ’गो नियन्त्र’णको प्रयास भइरहेको उहाँले बताउनुभयो । आ’गो निय’न्त्रणमा लिनका लागि स्थानीय, प्रह’री, जनप्रतिनिधि निरन्तर खटिर’हेको बताइएको छ । आग’लागीबारे जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइसकेकाे प्रशासकीय अधिकृत केसीले बताउनुभयाे ।

आगला’गीबाट ४० परीवार भन्दा बढी घरबार’विहीन भएका छन् । उनीहरुलाई अहिले गाउँपालिकाले चाउचाउ चिउराको व्यवस्था गरेर सहयोग गरेको छ । अन्य सहयोग भने आज गरिने अधिकृत केसीको भनाइ छ ।

३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया