
एजेन्सी/ उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्ति’शाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्ष’ति पुगे’को भएपनि सर्वसाधारणको मृ’त्युका बारेमा कुनै समाचार प्राप्त नभ’एको अधिकारीहरुले बताएका छन् ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको ध’क्का र पराकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।
भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नरा’म्रोसँग हल्लाएको थियो । मानिसहरु त्रास’का कारण सडकमा भेला भएका थिए भने केही घरमा क्ष’ति पुगेको छ ।
आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्ष’ति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै पराकम्प महशुस गरिएको बताएका छन् ।
अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ । सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८०० व्यक्तिको ज्या’न ग’एको थियो ।