
एजेन्सी/ अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खु’ला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन न’पर्ने घो’षणा गरेको छ ।
बीबीसीका अनुसार खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ माप’दण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउनुपर्ने सीडिसीले बताएको छ । हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।
सीडिसीको नयाँ मापद’ण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन् । उनले को’रोना भाइ’रस खो’पका पू’र्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् ।
महामारी’विरुद्ध लडा’इँमा अमेरिकाले चम’त्कारी प्रगति हासिल गरेको भन्दै उनले ज्यानुअरीमा कार्यभार सम्हालेयता सङ्क्र’मण तथा मृ’त्यु नाट’कीय ढ’ङ्गले घटि’रहेको बताए । उनले भने, ‘आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खु’ला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन ।’
राष्ट्रपति बाइडनले खोप नलगा’एका अमेरिकीहरूलाई खोप लिएर देशभक्तिपूर्ण कार्य गर्न पनि आह्वान गरे ।