शुक्रबार २३ मंसिर २०७९

हुम्ला/ नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्या’गको कार’वाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रि’क्त रहने गरी कार’वाही गर्न सिफारिस गरेको हो ।

गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागे’को भन्दै पार्टी वडाध्यक्ष थापा र सदस्य महतारालाई कार’वाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको हो ।

‘लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा उहाँहरु आउनुभएको छैन’, अध्यक्ष पुनले भन्नुभयो, ‘पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकर’णसमेतको जवाफ नदिएपछि बा’ध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।’

अध्यक्ष पुनका अनुसार बैठकले पार्टीको राज्य कमिटी सदस्य धन्जे दमाई ‘सङ्कलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नर’हने गरी कार’वाही गर्न सिफारिस गरेको हो । माओवादी केन्द्रले कारवा’हीका लागि सिफारिस गरेका ‘सङ्कलन’ पार्टीका राज्य समिति सदस्य हुन् भने थापा र महतारा पार्टीको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।

९६० पटक हेरिएको

तपाईको प्रतिक्रिया