शुक्रबार १२ आश्विन २०८०

एजेन्सी/ अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्रा’जेनेकाको को’रोना भाइ’रस खोप अरू देशलाई बाँड्ने घो’षणा गरेको छ ।​

ह्वाइट हाउसको विज्ञप्ति अनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई अझै स्वी’कृति दिएको छैन ।

अमेरिकाले खोप थुपारेको आलो’चनाका माझ सो निर्णय भएको छ । जबकी राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभ’एको बताएका थिए ।

छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन् । गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वा’चा गरेका थिए ।

ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् । एफडिएले अनुमति नदिएपनि अमेरिकामा उक्त खोपको स्टक रहेको छ । सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ ।

साथै थप ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ । प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परी’क्षण गरेर मात्र निकासी गरिने बताइन् ।

यसैबीच अमेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ । सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपत’कालीन सहयोगको वा’चा गरेको ह्वाइट हाउसले बताएको छ । त्यस्तो सहयोगमा अक्सि’जनसम्बन्धी आपूर्ति, खोप सामग्री तथा औ’षधि रहेका छन् ।

५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया