आइतबार १९ मंसिर २०७८

काठमाडौ/ सरकारले निषे’धाज्ञा गर्नुअघि काठमाण्डौ उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी सीडीओ कालीप्रसाद पराजुलीले को’भिड सङ्क्र’मणको स्थि’ति ग’म्भीर देखिएकोले कम्तीमा एक हप्ता निषे’धाज्ञा अथवा लक’डाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बताउनुभयो ।

सोमवार काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डौ उपत्यकामा निषे’धाज्ञा लगाउन सरकारलाई सिफा’रिस गरेको हुन् ।

कुनै एक क्षेत्रलाई मात्रै ब’न्द गर्दा पनि सङ्क्र’मणको अवस्थालाई ब्रे’क गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण’रूपमा ब’न्द गराउन निषे’धाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले बताउनुभयो ।

लक’डाउन गर्नुभन्दा अगाडि स’तर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि माप’दण्ड पूर्णरूपमा पा’लना नहुँदा सङ्क्र’मणको स्थिति ग’म्भीर बनेको ठ’हर प्रशासनको छ । त्यसैले थप भया’वह स्थि’ति आउन नदिन निषे’धाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

४५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया