
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिककको स्वास्थ्य’माथि खेल’वाड नगर्न सरकारलाई आग्रह गर्नु भएको छ ।
सोमबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकतामा राखेर सबै स्थानीय निकायहरुमा स्वा’स्थ्य उपक’रण र सामग्रीको समुचित व्यवस्था मिलाउन सरकार समक्ष माग राख्नु भएको छ ।
को’रोना महा’मारीले सबैभन्दा बढी मार श्रमजीवि हरुलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था गर्न सरकारी तथा निजी क्षेत्रलाई पनि आह्वान गर्नु भएको छ ।
‘म सरकारसँग जनताको स्वा’स्थ्यमा खेल’वाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वा’स्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महा’मारीको सबैभन्दा बढी मा’र श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु’ – उहाँले भन्नु भएको छ ।
त्यस्तैगरी अध्यक्ष प्रचण्डले कोरो’ना भाइ’रसको संक्र’मणका कारण देश आ’क्रान्त भइरहेको बेला स्वा’स्थ्य सेवा प्रभावकारी बनाई जनताको सारथी बन्नु पर्नेमा सरकार शिलान्यास र उद्घाटनमा केन्द्रीत हुँदा अप्ठ्या’रो परि’स्थिति आउन सक्ने आशं’का व्यक्त गर्नु भएको छ ।
विश्व स्वा’स्थ्य संगठनले नेपाललाई पनि को’रोना संक्र’मणको उच्च जो’खिम मुलुकको सुचीमा राखेको छ । यसकारण तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुलाई स्वंयमसेवकको रुपमा खट्न अध्यक्ष प्रचण्डले आग्रह गर्नु भएको छ ।
को’भिड–१९ को रोक’थाम र नियन्त्र’णका लागि अग्रमो’र्चामा खटिने चिकि’त्सक, स्वास्थ्य’कर्मी र सुरक्षाक’र्मीहरुमा उच्च मनो’बलका साथ काम गर्नसमेत उहाँले आग्रह गर्नु भएको छ ।