
सप्तरी/ को’भिड–१९ सङ्क्र’मण रोक’थाम तथा नियन्त्र’णका लागि गरिएको सरकारी निर्णय अ’वज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रह’रीले नियन्त्र’णमा लिएको छ ।
अनुग’मनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्र’हरी कार्यालयका प्र ह री उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्र’णमा लिएको हो ।
विद्यालय सञ्चालन गरेका आरो’पमा शिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्डरी स्कूलका सञ्चालक डा कामानन्द देव, एञ्जल बोर्डिङ स्कूलका सञ्चालक नरेन्द्रप्रसाद देव र राजविराज–१ स्थित सिर्जना सेकेन्डरी बोर्डिङ स्कूलका सञ्चालक रिमा झा निय’न्त्रणमा रहेको जिल्ला प्रह’री कार्यालयले जनाएको छ ।
जिल्ला प्र ह री कार्यालयका प्रह’री नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पिस जोन स्कूलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–३ स्थित ह्यापील्याण्ड माविका अनुशासन प्रमुख शैलेन्द्रकुमार ठाकुर, राजविराज–८स्थित लक्ष्मी अङ्ग्रेजी बोर्डिङ स्कूलका सञ्चालक राजेशकुमार यादव, वैधनाथकुमार झा र बुलन्द साह, ग्रीन अङ्ग्रेजी बोर्डिङ स्कूलका शिक्षक र मनोज यादव र राजविराज–५ स्थित जानकी सेकेन्डरी स्कूलका शिक्षक हरिकिसुन रामसमेत नियन्त्र’णमा पर्नुभ’एको छ ।
जिप्रका, नगरपालिका र जिल्ला सङ्क’ट व्यवस्था’पन केन्द्रले एक साताअघि भौतिक’रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक शिक्षण सिकाइका विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेकामा कार्यान्वयन गराउन थालिएको अनुग’मनका क्रममा केही निजी विद्यालयले अव’ज्ञा गरेर विद्यालय सञ्चालन गरिएको पाइएपछि निय’न्त्रणमा लिनुपरेको प्रजिअ पोखरेलले बताउनुभयो ।
को’रोना सङ्क्र’मणको दो’स्रो ल’हर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेका विद्यालय, कलेज, ट्युशन सेन्टर र तालीम केन्द्रमा यही वैशाख मसान्तसम्म भौति’क उपस्थि’ति ब’न्द गर्ने निर्ण’य गरेको थियो ।
आइतबार मात्रै सरकारले आजदेखि सबै प्रकारको परीक्षासमेत स्थ’गन गर्ने निर्णय गरेको छ । नियन्त्र’णमा लिइए’काहरुलाई जिल्ला प्रह’री कार्यालयमा राखिएको छ । उनीहरू’माथि सङ्क्रा’मक रो’ग ऐ’न–२०२० अनुसार कार’बाही गरिने प्रजिअ पोखरेलले बताउनुभयो ।