
काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकार’विरुद्ध लाग्ने सांसदलाई कार’बाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकार’विरुद्ध लाग्ने सांसदलाई कार’बाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।
एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टी’करण सोधिएको थियो ।
ती सांसदले सरकार’विरुद्ध अविश्वा’सको प्रस्ताव आएको खण्डमा फ्लोर क्र’स गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै कारबा’हीको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो ।
कार’बाही गरिने सांसदको नाम र सूची टुंग्याउने जिम्मा प्रधानमन्त्री ओली र स्थायी कमिटी सदस्यलाई दिने निर्णय गरिएको छ । एमालेले सरकार’विरुद्ध अवि’श्वास प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै फ्लोर क्र’स हुन सक्नेबारे सूक्ष्म अध्ययन गर्दै यस्तो निर्णय गरेको हो । यो खबर आ’जको राजधानी दैनि’कमा छापि’एको छ ।