सोमबार ०९ जेठ २०७९

काठमाडौं/ लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रु’टिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अव’रुद्ध भएको खु’लासा भएको छ ।

आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट गर्न गठित सिफारिस समितिले हचुवा र आफ्नै रुचि अनुसारका व्यक्ति छनोट गर्नेगरी सिफारिस प्रतिवेदन तयार पारेको पाइएको छ । समितिले त्यसरी तयार पारेको प्रतिवेदन गत ४ फागुन २०७७ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेस गरेको थियो ।

लोकसेवा आयोगले ह’चुवा प्रकृतिले सिफारिस प्रतिवेदन तयार गरी पेस गरेको दा’बी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो सिफारिसलाई कार्यान्वयन गर्न नस’किने स्पष्ट पारेको छ ।

त्यसैले, मन्त्रालयले सो प्रतिवेदनलाई सरकारसमक्ष पेस गर्नुको साटो उ’ल्टै लोकसेवा आयोगमा फि’र्ता पठाइदिएको छ । योसँगै शिक्षा सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया थप अन्यो’लमा परेको हो । यो खबर आ’जको राजधानी दैनि’कमा छापि’एको छ ।

४१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया