बिहिबार ११ आश्विन २०८०

काठमाडौ/ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई हटा’एर ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । तर त्यसमा वामदेव गौतम भने समेटिएका छन् । एमाले एकताको अभियान चलाउँदै आएका वामदेवलाई भने ओलीले स्थायी कमिटि सदस्यमा समेटेका छन् ।

स्थायी कमिटीमा ओलीसहित वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल लगायत १९ जना सदस्य छन् । बिहीबारमात्रै ओली र गौतमबीच बालुवाटारमा भेट’वार्ता भएको थियो । तर डिनर छाडेर हिँडेका वामदेव स्थायी कमिटी सदस्यमा समेटिएका हुन् ।

यस्तै विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा सदस्य रहेका छन् । थप सदस्य पछि थप्ने गरी स्थायी कमिटी घो’षणा गरिएको ओली समुहका नेताहरुले बताएका छन् ।

ओलीले गठन गरेको सो समितिमा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई हटा’इएको छ।

यी चारै जना नेतालाई पार्टीसम्बन्धी विवा’दमा स्पष्टी’करण सोधेर ६ महिनाका लागि निल’म्बन गरिएको छ। त्यसैगरी नेपाल प’क्षमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र अमृत बोहरालाई स्थायी समितिबाट हटा’इएको छ।

एमालेको नयाँ स्थायी समितिमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह र मणि थापालाई थपिएका हुन् । त्यसैगरी, माओवादीसँग एकी’करण गरी स्थायी समिति सदस्य बनाइएका तर एमालेमा स्थायी समितिमा नरहेका रघुविर महासेठ र विष्णु रिमाललाई आज बनाइएको स्थायी समितिमा थपिएको छ।

स्थायी कमिटि गठन गर्दा विधानमा नै उल्लेख भएको ३३ प्रतिशत महिला सहभागीताको नियम भने यहाँ उल्लं’घन भएको छ । एक जना महिला पनि स्थायी कमिटिमा आएका छैनन् । यस अघि अष्टलक्ष्मी शाक्य मात्र स्थायी कमिटि सदस्य भएकोमा उनलाई हटाइए पछि अहिले एक जना महिला पनि छैनन् ।

५२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया