शुक्रबार १२ आश्विन २०८०

सिमिकोट/ हुम्लाको सदरमुकाम सिमिकोटसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अव’रुद्ध बनेको इन्टरनेट सेवा शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि आज अपराह्न ३ः०० बजेदेखि सञ्चालनमा आएको हो ।

गत शनिबार बेलुकादेखि अव’रुद्ध बनेको इन्टरनेट सेवा आजबाट सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ । महाबुलेखमा प्राविधिक टोली पुगेर रिपिटर टावरमा बिग्रे’को सामान काठामाडौँबाट ल्याएर जडान गरेपश्चात आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको दूरसञ्चार प्राधिकरण कार्यालय सिमिकोटका उब्जन शाहीले जानकारी दिनुभयो ।

आज बिहान प्राविधिकको टोली महाबुलेख पुगी मर्मत गरेर इन्टरनेट सेवा सञ्चालन हुँदा जिल्लाका सञ्चारमाध्यमदेखि अन्य सेवाग्राहीलाई सहज भएको छ । इन्टरनेट नहुँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत हप्ता दिनदेखि ठ’प्प थियो ।

१००९ पटक हेरिएको

तपाईको प्रतिक्रिया