शनिबार ११ चैत्र २०७९

काठमाडौं/ नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो। आज सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ र चाँदीको भाउ प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय रूपैयाँ छ। यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम गरेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो।

७४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया