सोमबार २० आषाढ २०७९

काठमाडाैं/ प्रतिनिधिसभा विघ’टनपछि सरकार’विरुद्ध सडक आन्दो’लन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत सम’र्थन फि’र्ता लिन सकेको छैन ।

माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि सम’र्थन फि’र्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने नि’र्णय गरेको छ ।

बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको सम’र्थन कहिलेदेखि फि’र्ता लिने भन्ने नि’र्णय लिने अधि’कार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘सम’र्थन फि’र्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले नि’र्णय गर्नुहुनेछ, जुन छिट्टै हुन्छ ।’

नेकपा माओवादी केन्द्रको सम’र्थन कायमै रहेकाले केपी शर्मा ओली नेतृत्वको सरकार बहुम’तमा रहेको छ । एमाले र माओवादी केन्द्रलाई फागुन २३ गते सर्वोच्च अदा’लतको फैस’लाले अलग–अलग गर्ने फै’सला गरे पनि माओवादी केन्द्रले सरकारलाई दिएको सम’र्थन कायमै राखेको छ ।

माओवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फि’र्ता बोलाउने नि’र्णय नमाने’पछि सांसद पद नै नर’हने गरी कार’बाही गरेको छ । तर, माओवादी केन्द्रले सरकारलाई दिएको सम’र्थन भने कायमै राखेको छ ।

माओवादीले सरकारलाई दिएको सम’र्थन फि’र्ता लिने औपचारिक निर्णय गरेपछि सरकारले एक महिनाभित्र विश्वा’सको मत लिनुपर्ने हुन्छ । यो ख’बर आ’जको नेपाल समाचार’पत्र दैनि’कमा छापि’एको छ ।

४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया