बुधबार २२ मंसिर २०७८

मुगु/ हप्ता दिनदेखि कर्णालीका पाँच जिल्लामा इन्टरनेट सेवा अव’रुद्ध भएको छ । यही वैशाख २ गते दैलेख र कालीकोट सिमाना महावुलेकमा रहेको नेपाल टेलीकमको रेडियो लिङ्कमा चट्या’ङले हानेपछि इन्टरनेट अव’रुद्ध भएको हो ।

कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा इन्टरनेट सेवा नहुँदा सेवा लिने र दिने कार्यमा स’मस्या भएको छ । रेडियो लिङ्कमार्फत नेपाल टेलिकमले दिँदै आएको फोरजी सेवा र एडिएसएल सेवा अव’रुद्ध भएपछि मुख्य गरी बैंक तथा वित्तीय सस्थाको सेवा प्रवाहमा समस्या परेको हो ।

मुगुका पाँच वाणिज्य बैंक र दर्जन बढी अन्य सहकारीले आफ्नो वित्तीय सेवा एडिएसएलमार्फत दिँदै आएका थिए । यो सेवा अवरुद्ध भएपछि अहिले ती संस्थालाई नगद भुक्तानी, जम्मा, ऋण लगानी, किस्ता जम्मा लगायतका कार्यमा सम’स्या भएको वाणिज्य बैंक मुगुुका प्रवन्धक हरिन्द्र बोहोरा बताउनुहुन्छ ।

राष्टिय वाणिज्य बैंक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएलसहित मर्कनटाइलको कम्पनीको सेटेलाइट इन्टरनेट सेवा पनि राखेकोले बैंकमा आउने सेवाग्रहीले ढि’लो भएपनि सेवा पाइरहेका छन् तर एनटिसी कै भरमा चलेका अन्य बैक तथा वित्तीय संस्थाले भने हप्ता दिनयताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन् ।

टेलिकम मुगुका प्रमुख विशालकुमार देवकोटाले महावुमा बिग्रे’को उपकरण मर्मत गर्न प्राविधिक टोली बुधबारै विहान हिडिसकेको बताउनुभयो । उहाँले मौैसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेक चढ्न समस्या आएकाले सेवा अव’रुद्ध लम्बिएपनि बिहिवारसम्म अव’रुद्ध इन्टरनेट सेवा सञ्चालनमा आउनेछ भन्नुभयो ।

गत चैत महिनाको १० गतेबाट पनि एक हप्तासम्म सो क्षेत्रमा इन्टरनेट सेवा अवरु’द्ध भएको थियो ।

१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया