
काठमाडौं/ वि’वाद च’र्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुट’नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हित’विपरीत कार्य गरेको’ भन्दै कार’बाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।
पार्टीलाई विधा’न, पद्धति अनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्क’ली कुरा’ गरेर समानान्तर गति’विधि र पार्टी हित’विपरीत कार्य गरिरहेको आ’रोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटा’उने गृहकार्यमा जुटेको आ’रोप ओली प’क्षको छ ।
स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कार’बाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दा’बी छ ।
‘पार्टी प्रमुख केपी ओलीले छानी’छानी नेपाल समूहका नेतालाई कार’बाही गर्न थालेपछि अर्को विक’ल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गति’विधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौँ ।’
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकी’करण नहुने तर कार्यगत ए’कता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए । यो खबर आ’जको राजधानी दैनि’कमा छापि’एको छ ।