शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ प्रदेश २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्व’जनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्व’जनिक बिदा दिइएको उल्लेख छ ।

प्रदेश नं २ सरकारको विज्ञप्तिमा को’रोना महा’मारीको वि’षम परि’स्थितिमा स्वा’स्थ्यको माप’दण्ड अपनाएर सरकारी निर्दे’शनको पालनतर्फ ध्याना’कर्षण गराइएको छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्व’जनिक बिदा दिइएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्व’जनिक बिदा दिएको हो ।

कर्णालीमा चैते दशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मा’मिला तथा का’नून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश अन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । प्रदेश सरकारले चैते दशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

यो पनि : स्वा’स्थ्य माप’दण्डसहित मनाइयो चैते दशैँ

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले शक्ति’पीठसहित घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् । को’रोना भाइर’सको सङ्क्र’मणबाट जारी गरिएको स्वा’स्थ्य मापदण्ड’बमोजिम भौ’तिक दूरी कायम गरी शक्ति’पीठमा पूजा आराधना एवं दर्शन गरिएको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठामीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाइएका छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको र’क्षा गर भन्ने वचन रहेकाले महा’मारीको सङ्क्र’मणबाट बच्न घरमै बसेर पूजा आराधना गर्न आह्वान गर्नुभएको थियो । दूरी कायम गरेर मन्दिरमा पूजा आराधना गर्न सकिने अवस्थामा मात्र जान उहाँ अनु’रोध गर्नुहुन्छ ।

बडादशैँजस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्ति’पीठमा चैते दशैँका अवसरमा विशेष पूजा गरिएको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नव’रात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्ति’पीठमा गई पूजा आराधना एवं दर्शन गरेमा श’क्ति प्राप्त हुने, मनो’कामना पूरा हुने धार्मिक विश्वास छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि श’क्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन ब’लि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेषरुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।

हनुमानढोकामा दिइयो ब’लि

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलि’सहित पूजा गरिन्छ । हनुमानढोकाको मूल चोकमा ५४ बोका र ५४ राँगाको बलि’सहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । यसैगरी दशैँ घरमा नौवटा बो’का ब’लि’सहित पूजा गरिएको उहाँले सुनाउनुभयो ।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत छ । गत वर्ष भने चैत्र नवरात्रको अष्टमीका दिन हनुमानढोका दरबारको दशैँ घरमा बन्दा’बन्दीका कारण बलि’सहितको पूजा रोकि’एको थियो । बन्दा’बन्दीले पशु, चौपाया ल्याउन सम’स्या भएकाले रोकिएको हो ।

चैते दशैँको अवसरमा मौ’लो पूजा सम्पन्न

चैते दशैँ पर्वको अवसरमा प्रहरी प्रधान कार्यालयमा मौ’लो पूजा सम्पन्न भएको छ । प्र’हरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रह’रीले चैते दशैँ पर्वको अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौ’लोमा आज पूजाअर्चना तथा सङ्क’ल्प गर्नुभएको हो ।

पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले ब’लि पूजा तथा निशानमा पञ्जा छापसमेत लगाउनुभएको थियो । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो’पूजाका अवसरमा विशेष कार्य गर्ने प्र’हरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्र’हरी हवल्दार जीतेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

पूजा बिसर्जनपछि मूल’कोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरी’लाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्नेजस्तो संवे’दनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्ति’पीठ र इष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ ।

सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अ’निष्ट नहो’स् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ । नेपाल प्रह’रीले विसं २०११ मा निशान झण्डा प्राप्त गरेपश्चात् हरेक वर्ष वडा दशैँ र चैते दशैँमा निरन्तररूपमा मौ’लो पूजा गर्दै आएको छ ।

१३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया