
काठमाडौ/ न्यूज २४ टेलिभिजनवाट रवी लामिछाने वाहिरिएपछि टेलिभिजन मालिक अनिल जोशी र लामीछानेका विचमा ‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्कका विषयमा समस्या देखिएको छ ।
चर्चित पत्रकार, सफल प्रस्तोता तथा राम्रो फ्यान र फलोअर्स भएका लामिछानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वाचा गरेका छन् । तर, टेलीभिजनले सोहि कार्यक्रमलाई निरन्तरता दिन थालेको छ ।
रवि लामिछानेको भदौ ८ गतेको अन्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सोचिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तोताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ । चलिरहेको प्रस्तोता वाहिरिएपछि नयाँ प्रस्तोतालाई अवसर दिनु राम्रो पक्ष हो तर, रवीको तुलनामा सम्झनाको प्रस्तुती फिक्का देखिएको भन्दै प्रतिक्रिया पनि सुरु भएका छन् ।
यसै क्रममा रवि लामिछाने ले सिधा कुरा जनता संग को विवादबारे पहिलो चोटि मुख खोलेका छन् । मिडिया संग अन्तरक्रिया गर्दै रविले आफू यो ल’डाई अलि फरक तरिकाले जित्ने भन्दै बोलेका छन् ।
रवि लामिछानेका अनुसार हरेक चोटि आफु बोलेर ल’डाई जितिरहेको तर यो पल्ट नबोली लडाई जित्ने उल्लेख गरेका छन् । यो पल्ट नबोली ल’डेको ल’डाई मा साथ दिन र बुझिदिन जनता लाई आग्रह समेत गरेका छन् ।
योसँगै कार्यक्रमको ट्रेडमार्कका विषयमा ठुलै समस्या हुने आशंका गर्न थालिएको छ । पत्रकार प्रेम वानियाँले पनि यो विषयलाई आंकलन गरेका छन् । लामिछाने र टेलीभिजनका तर्फवाट तयार पारिएको विज्ञापनलाई सामाजिक संजालमा राखेर उनी लेख्छन्–‘म चाहन्थें, यतिसम्म द्व’न्द्व नभइदिएको भए हुन्थ्यो ! तर अब त यो कार्यक्रम नै कानुनी विषय बन्न पुगेछ ! मेरो साथी रवी र ‘मेरो’ टीभी न्युज २४ दुबैको जय होस् । जय स्वाभिमान !’
रवि लामिछाने का साथ डा सुरेन्द्र केसी ले समेत आफ्नो विचार प्रस्तुत् गरेका छन् भने रवि लामिछानेले सुरेन्द्र केसी को तारिफ गर्दै आफ्नो विचार व्यक्त गरेका छन् । हेर्नु’होस् भिडियो:-