सोमबार २० मंसिर २०७८

एजेन्सी । जापानले पाँच मिनेटमा नै को’भिड १९ को सङ्क्र’मण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिस’र्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो ।

यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्व’जनिक गरेका छन् । हाल जापानमा पनि पिसि’आर टे’स्ट नै प्रच’लनमा छ । तर पनि यो प्रविधिबाट हाल को’भिड १९ को भाइ’रस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा को’भिड १९ पोजे’टिभ भए नभएको पत्ता लाग्ने छ ।

यो प्रविधिले अब यहाँ कोरो’नाको सङ्क्र’मणको परी’क्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।

उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परी’क्षण गर्नका लागि कुनै पनि ज’टिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिनुभयो ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया