आइतबार १२ चैत्र २०७९

काठमाडौं/ जनता समाजवादी पार्टी फु’टको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशमा अविश्वा’सको प्रस्ताव प्रकरणले जसपा फु’टको सं’घारमा पुगेको हो ।

मुख्यमन्त्री शंकर पोखरेल’विरुद्ध अवि’श्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र नगर्ने तर पक्षमा रहेका १ गरी ४ जनाले केही घन्टामै यु टर्न गरेर मन्त्री बनेपछि जसपाभित्रको दुई धा’र सतहमै देखिएको छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग समिकरण बनाएर जान चाहिरहेका थिए । आज लुम्बिनी प्रदेशको घट’नाले ओलीसँग समिकरण बनाएर जाने समूह हा’वी भएको छ ।

लुम्बिनी प्रदेशमा जसपाले अविश्वासको प्रस्तावको पक्षमा जाने निर्णय गरेबमोजिम अगाडि बढेको थियो । तर, निर्णय विप’रित ४ प्रदेश सांसद यु टर्न भएपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई ध’क्का लागेको छ । यसको असर केन्द्रमा ओली’विरुद्ध बन्न लागेको समिकरणमा पनि परेको छ ।

जसपाभित्र यादव र भट्टराई ओली’विरुद्ध समिकरण बनाउँदा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर जानुपर्ने पक्षमा छन् । त्यसको अभ्यास लुम्बिनी प्रदेशमा हुँदै थियो । जुन बन्न नपाई तुहियो । अध्यक्ष महन्थ ठाकुर पक्षले भने आफ्नो प्रभाव लुम्बिनीमा देखाइ’छाड्यो । यसबाट केन्द्रमा पनि बलि’यो रहेको सन्देश गयो ।

ठाकुर ओलीसँग मिलेर जाने पक्षमा छन् । तर, उपेन्द्र र बाबुराम कुनै हालतमा ओलीको सत्ता ढाल्नु’पर्ने भन्दै मरि’मेटेर लागेका छन् । यसरी जसपामा दुई धार दुई तिर स्पष्ट रुपमा देखिएको छ । यसले जसपालाई फु’टको संघा’रमा पुर्याएको छ ।

जसपा नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराईले लुम्बिनीमा प्रदेश सभा सांसदहरुलाई यु टर्न गराइएको विषयलाई गम्भीरताका साथ लिएको बुझिएको छ । यसले जसपाभित्र दुई धारको टक’राव बढ्ने देखिएको छ ।

सत्ता समिकरणमा पनि जसपाको लुम्बिनी प्रदेशमा यु टर्नले फरक अवस्था सृजना गर्ने निश्चित छ । अब काँग्रेस र माओवादी केन्द्रको सांसद संख्याको भरमा ओली’विरुद्ध अवि’श्वासको प्रस्ताव ल्याएर पारित हुँदैन । जसपाभित्र ओलीको प’क्ष या विप’क्ष भन्ने विषयले च’र्को विवा’दको संकेत देखिइसकेको छ । यसले जसपालाई फु’टको संघा’रमा पुर्याएको छ ।

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया