बिहिबार ०६ माघ २०७८

काठमाडौं/ रात्रीकालीन व्यवसाय ब’न्द गर्ने सरकारले गरेको निर्णयमा व्यवसायीहरुले असह’मति जनाएका छन् । दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको निर्णय नमान्ने बताउदै आन्दो’लन गर्ने समेत घो’षणा गरेका छन् ।

सोमबार नै सरकारले धैरै भीड’भाड हुने क्षे’त्र वैशाख महिनाभरीका लागि ब’न्द गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रो’क लगाउने निर्णय गरेको थियो ।

यस्ता क्षेत्रमा जनस्वा’स्थ्यका मापदण्डको पूर्ण पालना गर्न क’ठिन हुने र कोरो’नाको जो’खिम का’यमै रहने भन्दै वैशाख मसान्तसम्म ब’न्द गर्ने सरकारको निर्णय छ । सरकारको उक्त निर्णयको विरो’धमा रात्रीकालिन व्यवसायी तथा कर्मचारीले मादल, खैजडी, स्कर्ट आदि बोकेर आन्दो’लनमा उत्रि’ने जनाएका छन् ।

सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय जबर’जस्ती ब’न्द गराए सञ्चालक र कर्मचारी गरी ७० हजारले संयुक्त रुपमा आन्दो’लन गर्ने चेता’वनी उनीहरुले दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विनोद श्रेष्ठले सरकारले ब’ल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय ब’न्द गराएमा त्यसको प्रति’कारमा उत्रि’ने बताए । श्रेष्ठले भने, ‘पहिले पनि ९ महिना ब’न्द गरेको हो । अन्य व्यवसाय खुल्दा पनि हाम्रो भने ब’न्द नै रहेपछि हामीले आन्दो’लन नै गरेर खुलाएका थियौँ । अब पनि आन्दो’लनमा उत्रि’न तयार छौं ।’

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा २० अर्ब लगानी रहेको र प्रत्येक वर्ष सरकारलाई ७ अर्ब कर तिरेको उनले बताए । कोरो’नाको विकल्प ब’न्द मात्रै नभएको र स्वास्थ्यको मापदण्डलाई कडा’ईका साथ पालना गरेर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सुन्धाराका संयोजक आरसी पोखरेलले सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायलाई अन्याय गरेको बताए । पोखरेलले भने, ‘दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा ७० हजार मानिस जोडिएका छन् । १७ सय जना अपा’ङ्गता भएकालाई समेत हामीले रोजगारी दिएका छौं । राज्यले द म न गरेर ब’न्द गराउन खोजे त्यसको प्रति’कार गर्ने छौं ।’

कोभि’ड संक्र’मणको कारण वि’तेको १० महिनादेखि व्यवसाय ब’न्द हुँदा आर्थिक रुपमा सम’स्या परेको भन्दै व्यवसाय ब’न्द नगर्न व्यवसायीहरुले सरकारलाई आगह गरेका छन् ।

कुनैपनि उचित विकल्प नदिई रातको समयमा मात्रै कोरो’ना संक्र’मण फैलने जस्तै गरी गरिएको विभे’दपूर्ण निर्णय आफूहरुलाई मान्य नहुने व्यवसायीको तर्क छ ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ –‘साँच्चै भीडभाड हुने क्षेत्रलाई पहि’चान नगरी सिधै यस क्षेत्रलाई ब’न्द गर्ने निर्णय हामीलाई मान्य छैन । यदि सरकारले यस क्षेत्रलाई ब’न्द गराउन चाहन्छ भने अन्य क्षेत्रलाई जस्तै राह’त, सहु’लियत तथा उचित विकल्प उपलब्ध गराउनुपर्दछ ।

यस क्षेत्रको घरभाडा, लगानी गरेका १००० भन्दा बढि लगानीकर्ताको लगानीको सुनिश्चितता तथा कार्यरत ७० हजार भन्दा बढि कलाकार, कर्मचारी र तिनका परिवारको रोजीरोटी तथा रोजगारीको पूर्ण ग्यारे’न्टी सरकारले गर्नुपर्छ ।’

३३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया