आइतबार १७ मंसिर २०८०

मोरङ/ श्रीमान् विदेश हुँदा श्रीमतीले अर्कैसंग भागेर सम्पत्ति पनि हिनामीना पारेर गएका समाचारहरु धेरै लेख्न, पढ्न र सुन्न पाईन्छ । जस्ले गर्दा दुःख गरेर कमाएकाहरुको घरबार त नष्ट हुन्छ नै साथै त्यो विदेशको भूमिमा खाई नखाई गरी कामएको पैसा पनि त्यसै डुबिदिन्छ । श्रीमतीको यस्तो कदमले कत्तिको घरबार बिच बाटोमै अलपत्र परेको छ । यस्तै अलपत्र पर्नेमा मोरंग उर्लाबारीका रमेश श्रेष्ठको घरबार र जीवन पनि एक हो ।

उनले वैदेशीक राजगारीको शिलशिलामा झण्डै ५ वर्ष खाडीमा आफ्नो खुन पसिना बगाए । घर परिवारको खुशीकोलागी भनेर उनले आफ्ना सारा खुशीलाई खाडीमै कैद गरे । तर यता उनकी श्रीमतीले अर्कैसंग लागेर उनले कमाएका सबै पैसा हिनामीना पारिन् । रमेशको भनाई अनुसार आफ्नी श्रीमतीलाई ठेक्केदार तेज थापाले माया जालमा पारेर श्रीमतीसंगै छोरी पनि लगेका थिए । तेज थापा र श्रीमतीको अ’नैति’क स’म्ब’न्धको बीचमा रमेशसंगको आधिकारिक स’म्बन्ध फितलो भईदिएछ उनकी श्रीमतीको ।

आजभन्दा पाँच वर्ष पहिले आफ्नी श्रीमती र छोरीलाई आफु नभएको मौका पारेर तेज थापाले लगेर गएपनि रमेशको जीवनमा भने अहिले खुशी फर्किएको छ । त्यो खुशी हो, उनकी छोरी । पाँच वर्ष पहिले ८ महिनाकी छोरीलाई छोडेर परदेशीएका रमेशले आज आफ्नी छोरीलाई पहिलो पटक काखमा राख्न पाएकोमा उनी निकै नै भावुक पनि भएका छन् । उनलाई श्रीमतीले छाडेर गएकोमा त्यति चिन्ता लागेन तर छोरीपनि संगै लगेर गएकोमा उनी साह्रै चिन्तित थिए ।

रमेशकोलागी पैसा पनि खासै महत्वको बनेन रे । तर छोरीलाई जीवनमा भेट्न पाउँदिन कि भन्ने विषयले उनलाई यो पाँच वर्षमा सधैं चिन्तामा रही रहेका रहेछन् । आज आफ्नो काखमा ८ महिनामा छाडेर गएको छोरीलाई बसाउन पाउँदा रमेशलाई केही चाहिएन । उनी भन्छन्,‘श्रीमतीले घर छाडी भन्ने कुरा थाहा पाउँदा त म दुखी भएको थिएँ नै तर त्योभन्दा पनि धेरै दुखी छोरीलाई भेट्न पाउँदिन कि भन्ने कुरामा लागेको थियो । तर अहिले छोरीलाई पाएर निकै नै खुशी छु ।’
हेर्नुहोस् भि’डि’यो:-

७८० पटक हेरिएको

तपाईको प्रतिक्रिया