
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ७ गते मंगलबार इश्वी सन् २०२१ अप्रिल २० तारीख चैत्र शुक्लपक्ष अष्टमी तिथी तिष्य नक्षत्र धृती योग भद्रा करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु भौमाष्टमीव्रत, चैत्राष्टमी, गोरखकालीपूजा, चैत्रेदशैं, भवानीको उत्पत्ति श्रीश्वेतमत्स्येनाथ रथयात्रा अशोकको पाउला खाने (जमयात) (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनशिलताको कदर हुने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्रजनहरुको अधि’क सामिप्यता कष्ट’कर साबित रहनेछ । सामान्य पारीवारिक झोरझ’मेलाको सा’मना गर्नुपर्नेछ । यात्रामा पनि साबधानीपूर्वक अघि बढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साझेदारी नगर्नु नै उत्तम रहनेछ । अप्रत्या’शित खवरले मनमा प्रशन्नता छाउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेको छैन । नयाँ लगानीमा भने सजग रहनु होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झ’न्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आल’स्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झ’ट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य ख’राबी उत्पन्न हुन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धो’कामा परिएला । फ’जुल खर्चको योग रहेको छ । मानसिक चि’न्ताले सताउनेछ । आँट साहशमा कमि आउनाले कार्य सम्पादनमा स’मस्या आउन सक्छ । तपाईद्वारा सम्पादित कार्यमा त्रु’टि देखाउनेहरुको बृद्धी हुनेछ । स्वा’स्थ्यमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनी होला । आक’स्मिक धनलाभको सम्भाबना रहेको छ । बौद्धिक क्षेत्रका ब्यक्तित्व सगँको संगतद्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि सम’स्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिद्यार्थी बर्गको बौधिक बिकासका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य ढिला’ईको सम्भावना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ईष्ट मित्रजनको सहयोग प्राप्त हुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आँ’च आउन सक्ने सम्भावना रहेकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसिक चन्चलताले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ । सामान्य बाद’बिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबि’चारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साझेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य सम’स्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धो’का हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्धी हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको संगत गर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वा’स्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर’ब्यक्तिहरुको बिश्वासमा नपर्नु होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौद्धिक क्षेत्रका ब्यक्तित्वसगँको संगतद्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मान’सिक चन्च’लताले कार्य क्षेत्रमा ब्यव’धान आई पर्नेछ ।