
काठमाडौ/ कर्णाली प्रदेशमा चैते दशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैत शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो ।
कर्णाली सरकार आन्तरिक मामि’ला तथा का’नून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।
सचिव पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने नि’र्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।
सरकारले शहरी क्षेत्रका विद्यालय ब’न्द गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय बैशाख महिनाभर ब’न्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।
को’भिड–१९ सं’कट व्यव’स्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय ब’न्द गर्दै वैक’ल्पीक रुपमा पठनपाठन गराउन सिफारिश गरेको थियो ।
बैठकले जनस्वा’स्थ्यका मापद’ण्ड लागू गराउन स’म्भव नहुने तथा भीड’भाड हुने क्षेत्रलाई ब’न्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको हो ।
यी हुन् विद्यालय ब’न्द हुने शहरहरु
काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकरभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरजस्ता शहर र सदरमुकाममा भौति’करुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परीक्षा जनस्वा’स्थ्यका माप’दण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको प्रवक्ता गुरूङले बताए ।