शनिबार ३० आश्विन २०७८

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अ’न्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकको सिफारिसबमोजिम उहाँले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अ’न्त्यको घो’षणा गर्नुभएको हो ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७८/१/६ को सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १:०० बजेदेखि अ’न्त्य गरेको छ,’ राष्ट्रपति भण्डारीले प्रतिनिधिसभालाई पठाएको पत्रमा उल्लेख छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अ’न्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने नि’र्णय गरेको थियो ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया