शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / यहि बैशाख महिनाको मसान्तसम्म विद्यालय ब’न्द गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर ब’न्द गर्ने निर्णय गरेको हो ।

दोस्रो चर’णको को’रोना संक्र’मण फैलिएकाले निय’न्त्रणका लागि विद्यालय ब’न्द गर्ने निर्णय गरिएको छ । विद्यालय ब’न्द गराएर अनलाइन माध्यमबाट पठन पाठन गराउने निर्णय भएको छ ।

विद्यालयसँगै होटेल, रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिड’भाड हुने क्षेत्र’हरु समेत बैशाख मसान्तसम्म ब’न्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । र‌गंशालाको हकमा भने दर्शक’रहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ ।

बैठकले सीसीएमसीको सिफारिस बमोजिम जो’खिम निय’न्त्रणका लागि यस्तो निर्णय गरेको छ ।

यसअघि स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना संक्र’मणका हिसाबले अ’ति प्रभा’वित भनी वर्गीकरण गरेको छ । जसअन्तर्गत काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ रहेका छन् ।

६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया